ट्रयाक्टरबाट खसेर चौधरीको मृत्यु

असल शासन प्रतिनिधि

कञ्चनपुर / सुदुरपश्चिमको कन्चनपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० टोटीका ५५ वर्षीय श्रीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
थ्रेसर गर्न जाने क्रममा से १ त १३१४ नम्बरको ट्रयाक्टरबाट खसेर चौधरी घाईते भएको र उपचारका क्रममा धनगढीको लैजादै गर्दा बुधवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech