बैतडीमा डुङ्गा दुर्घटना हुदा एक जनाको मृत्यु एकजना अझै बेपत्ता

असल शासन प्रतिनिधि

बैतडी / महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा १३ बर्षिया एक वालिकाको मृत्यु भएको छ ।
बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर १ खाँडघाटमा १० जना सवार डुङ्गा दुर्घटनामा परि शिवनाथ गाँउपालिका वडा नम्बर १ की मीना साउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार बुधबार साँझ डुंगा दूर्घटना भएको थियो । डुंगा दुर्घटनामा परि बेपत्ता भएका १३ बर्षिष मीना साउद र ८ बर्षिया सन्दीप साउद मध्ये आज बिहान करिब साडेसात बजे मीनाको शब नदी किनारमा प्रहरीले फेला पारेको छ भने अझै पनि बपत्ता रहेका सन्दीपको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि नदिमा प्रहरी परिचालन गरिएको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech