खेलकुद मन्त्री अथकद्धारा युवा परिषदको अनुगमन

असल शासन प्रतिनिधि

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषदको अनुगमन गरेका छन् ।
राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
कार्यालय अनुगमन पश्चात कर्मचारी तथा पदाधिकारीहरुलाई मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरेका थिए । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा युवा परिषद रहेको भन्दै युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गनुगर्न मन्त्री अथकले निर्देशक दिए । युवालाई स्वदेशमै केही गर्न उत्प्रेरित गर्ने कार्यक्रमहरु लागु गर्न आवश्यक योजना तयार गर्न उनको कर्मचारीहरुलाई निर्देशन थियो ।


कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल, सहसचिव विष्णुुराज ढकाल, युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगाना लगायत रहेका थिए ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech