चाडपर्बको बिचमा इन्धनको मुल्य बढ्यो

असल शासन प्रतिनिधि

काठमाडौं / शुक्रबार रातिबाट लागु हुने गरी इन्धनको मुल्य बढेको छ ।
सरकारले नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मुल्य बृद्धी गरेको हो ।
निगमले आज एक बिज्ञप्ती जारी गर्दै पेट्रोलको मूल्यमा वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर ११६ रुपैयाँ कायम गरिएको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रु. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ कायम गरिएको छ । निगमले एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० ले वृद्धि गरी १ हजार ५०० रुपैयाँ कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको बिज्ञप्ती मार्फत जानकारी गराउदै इन्धनको मुल्य बृद्धीलाई निरन्तरता दिने संकेत निगमले गरेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech