इन्स्पाइरिङ्गमा युवाहरु माझ डाक्टर प्रकाश

असल शासन प्रतिनिधि

नेपालगन्ज / निश्चित लक्ष्य लिएर सकारात्मक सोचका साथ काम गरेमा सधै सफलता हासिल हुने भेरी अस्पतालका पूर्ब प्रमुख डाक्टर प्रकाश थापाले बताएका छन् ।
बासको युवालक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको २२८औं श्रृखलामा उत्प्रेरणात्मक प्रबचन दिदै डाक्टर थापाले युवाहरुलाई मेहेनत र ईमानदारीताका साथ काम गर्न अपिल गरे । समाजमा सहि काम गर्ने मानिहरुको अभाव रहेको बताउदै डा थापाले हरेक ब्यक्तिले आफुलाइ साचि राखेर काम गरेमा परिवर्तन सहजै हुने अनुभव सुनाए । उनले भने हामीले नगरे कसले गर्छ भन्ने सोचाईका साथ काम गरेमा सफलता हासिल हुने उनले बताए । संगै काम गर्ने ब्यक्ति र स्थानको वातावरणले हरेक ब्यक्तिलाई प्रभाव पार्ने भएकाले असल ब्यक्तिको साथ गर्न उनको युवाहरुलाई अपिल थियो । दुई पटक नेपालगन्जको भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी कुशतापूर्वक सम्पन्न गरिसकेका डाक्टर थापाले आफ्नो कार्यकालमा भेरी अस्पतालको स्तर उन्नती र बृद्धी विकासमा लागि परेको र उक्त कार्यमा सबैको साथ र सहयोग प्राप्त भएको बताए । उनले कोभिड १९ को क्रममा सबैले गरेको सहयोगले कोभिड नियन्त्रण सम्भव भएको बताए । हरेक चुनौतीले अवसर र सम्भावनाको ढोका खोल्ने भएकाले जस्तो सुकै चुनौती आएपनि डटेर सामना गर्न युवाहरुलाई अपिल गरे ।


बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रमका बक्त्ता डाक्टर थापालाई सहभागी युवाहरुले विभिन्न प्रश्नहरु सोधेका थिए जसको जवाफ डा थापाले दिएका थिए । कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यवाहक कोषाध्यक्ष दिला शाह, निर्देशक हेमराज भट्ट लगायत ३० बढी युवाहरुको उपस्थिती रहेको थियो ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech