अछामकी ललिता भारतीय टेलिभिजन पत्रकारितामा सक्रिय

असल शासन प्रतिनिधि

असल शासन डेस्क / नेपालको सुदुरपश्चिममा जन्मिएकी नेपाली चेली भारतीय पत्रकारितामा एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढिरहेकी छिन् ।
अछाम जिल्लाको मालातीकोट मलाताको एक सामान्य घर परिवारमा जन्मिएकी ललिता मलाती भारतका विभिन्न टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार हुन् ।


हाल भारतमा बसोबास गर्दै आएकी ललिताले भारतका विभिन्न आधा दर्जन टेलिभिजनहरुमा काम गरिसकेकी छिन् । सानै उमेर देखि मिडियामा अभिरुचि राख्ने ललिता ले मास कम्न्यूकेशन र पत्रकारिताको अध्ययन गरेकी छिन् । काम गर्ने चाहना हुदाहुदै पनि शुरुका दिनमा काम गर्न निकै संघर्ष गर्नु परेको ललीता सुनाउछिन् । सञ्चार माध्यममा जोडिन गरेको संघर्ष सम्झिदै ललीता भन्छीन–शुरुका दिनमा काम गर्छु भन्दा समेत कसैले पत्यादैनथे तर पनि मैले आफ्नो संघर्ष अनि कर्म छोडीन र अन्तः टेलिभिजनमा कामको अवसर पाए । आफुले गरेको काम प्रति निकै लगाव र मेहेनत गर्ने ललिताले भारतका बिजिबि टिभि नेटवर्क, महाराष्ट्र एक्सप्रेस न्यूज, स्टोट न्यूज, बिएस डिजिटल लगायतका टेलिभिजनमा काम गरिसक्नु भएको छ ।
उमेरले १८ मात्रै टेकेकी ललिताले सानो उमेरमा नै पाएको सफलताका कारण उनलाई भारतका विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनहरुबाट समेत अफर आउने गरेको उनले असल शासनलाई बताईन् । यो अवधिमा टेलिभिजन क्षेत्रमा काम गरेको राम्रै अनुभव बटुलि सकेकी ललितालाई नेपाली टेलिभिजनहरुबाट पनि काम गर्ने राम्रै अफर आईरहेको छ तर उनले केही समय भारतका राष्ट्रिय टेलिभिजनहरुमा काम गर्ने सोच बनाएकी छिन् । उनी भन्छीन– मैले जिवनमा धेरै सिक्नु छ त्यसका लागि धेरै मेहेनत गर्न बाकि नै छ । पत्रकारितामा डिग्री हासिल गर्ने र टेलिभिजन पत्रकारितामा भारतमा नै केही बर्ष काम गरेर अब्बल बनेर मात्रै नेपाल फर्कने उनको योजना रहेको छ ।
सामान्य परिवारको ब्यक्तिले केही गर्न सक्दैन भन्ने कुरालाई चुनौती दिदै काम गर्ने इच्छा, चाहनाका साथ मेहेनत गरेर काम गरमा जो सुकैले पनि सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण ललिताले पेश गरेकी छिन् ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech