बाल अधिकारकर्मीहरुसंग बाल संरक्षण अधिकृत गौतम

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जलाई कर्मथलो बनाई झण्डै १५ बर्ष बढी समय बाल अधिकार संरक्षणमा कार्यरत युनिसेफ नेपालका बाल संरक्षण अधिकृत राम प्रसाद गौतमलाई आज बधाई सहित बिदाई गरिएको छ ।
नेपालगन्ज स्थित बाल अधिकारकर्मी, वाल क्लबका पदाधिकारी तथा बासका पदाधिकारीहरुले युनिसेफ नेपाल नेपालगन्जबाट सरुवा भई केन्द्रीय कार्यालय काठमाण्डौं जान लागेका गौतमलाई बधाई तथा बिदाई गरेको हो ।


कार्यक्रममा उपस्थित बाँकेका बाल अधिकारकर्मीहरुले गौतमले नेपालगन्जमा बाल क्लबहरुको विकास र विस्तार तथा बाल अधिकार संरक्षणका लागि गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए । सरल स्वभाव, समान भावना र वालवालिका तथा युवाहरुलाई उत्प्रेरित गर्ने ब्यवहारका कारण गौतम वालवालिकाहरुको अभिभावकको रुपमा रहेको बाल अधिकारकर्मीहरुले बताएका थिए । छलफलको क्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गौतमको ब्यवहार र कार्यशैलीले सबैलाई उत्प्रेरणा दिने बताए । नेपालगन्ज कार्यालयबाट केन्द्रीय कार्यालयमा जानलागेका गौतमलाई कार्यक्रमका सहभागिहरुले प्रगतिको शुभकामना दिएका थिए ।


छलफलको क्रममा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत गौतमले झण्डै १५ बर्षको नेपालगन्जको बसाईले धेरै कुराको सिकाई भएको जनाए । नेपालगन्जका बाल वालिका तथा युवाहरु देश कै उत्कृष्ट भएको बताउदै बाल अधिकारकर्मीहरुको कार्यशैली र सक्रियताका कारण वाल अधिकारको अभियानमा नेपालगन्ज उत्कृष्ट बन्न सफल भएको उनको भनाई थियो । वालअधिकारकर्मीहरुको सक्रियता र उत्साहले नेपालगन्जमा चाडै परिवर्तन सम्भव भएको उनले बताए । नेपालगन्ज सधै स्मरणमा रहने बताउदै गौतमले नेपालगन्जमा रहदा बाल अधिकार संरक्षणको अभियानमा सहयोग तथा सहकार्य गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।


बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, बाल अधिकारकर्मीहरु साहिल अन्सारी, ऋतिक शाही, अन्जना चर्तुबेदी, ओजस्वी जोशी, शोभा थापा मगर, शर्मिला थापा, मेनुना रावत, रबिन्द्र बोहरा, अंकित मिश्र, आदित्य थापा, सपना परियार, मो. सलमान सल्मानी, सहाउद्दीन हलवाई लगायतले विगतमा नेपालगन्जमा बाल संरक्षण अभियानको स्मरण गर्दै अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौतमलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा २५ बढीको सहभागिता रहेको थियो । कार्यक्रमका बिच सहभागिहरुका तर्फबाट गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech