बँदेलसँग ठोक्कियो जहाज

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज बिमानस्थलमा सिता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ ।

नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको 9N-AHB नम्बरको जहाजसँग तीन बँदेल ठोक्किएका थिए । बँदेलसँग ठोक्किए पनि ठूलो क्षती भने भएन ।

नेपालगन्ज नागरिक उड्ययन कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाज उडाउन रोकेका थिए । रोकेपछि मात्रै जहाज तीन वटा बदेलसँग ठोक्किएको थाहा भएको नेपालगञ्ज नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको बताईएको छ । बदेलका टुक्राहरु यत्रतत्र कारण नेपालगन्ज बिमानस्थलको उडान केही समय अबरुद्ध भएको थियो ।

विमानस्थल आसपासमा बाक्लो बनजँगल र बुट्यान भएका कारण बदेल बिमानमा ठोक्किने गरेका छन् । यस्ता घटनाहरु पटक, पटक दोहरिंदा समेत बिमानस्थल कार्यालयको ध्यान जान सकेन ।

 

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech