रक्सिले मात्तिएका मेजर पक्राउ

असल शासन प्रतिनिधि

कैलाली/इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले ले आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ ।

प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो ।

रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । होटल सञ्चालक हर्क रावलले मेजर शाही रक्सीले लठ्ठिएर आफ्नो होटलभित्र छिरेको बताए ।

 

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech