मोरङ कारागारमा दुई समुहबिच झडप, ६ जना कैदी घाईते

असल शासन प्रतिनिधि

मोरङ कारागारमा दुई समुहबिच झडप, ६ जना कैदी घाईते

विराटनगर /  बिराटनगरस्थित जिल्ला कारागारभित्र दुई समुहबिच झडप हुँदा ६ जना घाईते भएका छन् ।
चौकीदार किरण गुरूङले यातना दिएको भन्दै अन्य कैदीबन्दीहरू र गुरुङ समुहबिच झडप भएको जनाइएको छ ।
गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित बनेका थिए ।
विवाद बढेपछि उनीहरुबिच मङ्गलबार झडप भएको हो ।
आन्दोलन उत्रिएका कैदीबन्दीहरुले चौकिदार गुरूङसहित उनको समूहका १४ जनालाई जेलभित्रै कोठामा थुनिदिएका हुन् ।
घटनामा चौकीदार गुरुङसहित नाइकेहरुक्सनेत घाइते भएको विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
झडपमा चौकिदार किरण गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जनाइएको छ । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ । कारागारमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको थप टोली परिचालन गरिएको जनाइएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech