अवलोकन भ्रमणबाट फर्किदै गरेको बस दूर्घटना

असल शासन प्रतिनिधि

नेपालगन्ज / सौराहाबाट बाँकेको कोहलपुर फर्किदै गरेको देउसीभैलो अवलोकन भ्रमणमा सवार यात्रु बोकेको बस चितवनमा दूर्घटनाग्रष्त भएको छ ।
कोहलपुर स्थित मगर समाजका ब्यक्तिहरु सवार भे २ ख २८३२ नम्बरको बस आज विहान चितवनको नारायणगढस्थित लायन्सचोक नजिकै दूर्घटनामा परेको हो ।
सौराहा अवलोकन भ्रमण गरेर फर्किदै गर्दा लायन्सचौकमा म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर बस दूर्घटनामा परेको पत्रकार बिनोद भटराईले असल शासनलाई बताए । उनका अनुसार बस दूर्घटनामा एक जनालाई सामान्य चोट पटक लागेको छ भने बाकि यात्रुहरु समुशल रहेका छन् । ड्राईभरको लापरवाहिका कारण बस दूर्घटनामा परेको बताईएको छ । दूर्घटनामा परेको बसबाट सबै यात्रुहरुलाई सकुशल बाहिर निकाली सकिएको र बसलाई समेत प्रहरीले नियन्त्रणमा लिईसकेको छ । ड्राईभर र बस प्रहरी नियन्त्रणमा छन् भने यात्रुहरुलाई कोहलपुर पठाउने तयारी भईरहेको बताईएको छ ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech