वडा अध्यक्ष र सदस्य बिच हानाहान

लोक बहादुर घर्ती मगर

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ मा हानाहान भएको छ ।

आज बिहिवार दिउसो वडा कार्यालय गगनगञ्जमा वडाध्यक्ष जुमन खाँ र  वडा सदस्य किशोर थापा क्षेत्री बिच हानाहान भएको हो ।

वडाध्यक्ष खाँ  र वडा सदस्य थापा क्षेत्रीका बिच जन्मदर्ताका बिषयमा बिबाद भएको र बिबाद चर्किदै गएपछि दुई बिच हानाहान भएको बताईएको छ ।

भारतबाट ३५ बर्ष पछि आएको एक स्थानीय नागरिकको जन्म दर्ता बनाउने बिषयमा बिबाद भएको बताईएको छ ।

कागजी रुपमा प्रकृयागत कार्य अघि बढिरहेको बेला वडा सदस्यले तत्काल बनाउन दबाव दिएको, तत्काल सो कार्य हुन नसक्ने, समय लाग्ने बताएपछि वडा सदस्यले आफु माथि हातपात गरेको वडाध्यक्ष जुमन खाँले बताए । वडा सदस्य क्षेत्रीसँग यस बिषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

 

 

 

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech