साकारको १०औं बार्षिक साधारण सभा नेपालगन्जमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / साकार कृषि सहकारी संस्थाले १०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ टेपरी स्थित कार्यालय रहेको उक्त संस्थाले आज नेपालगन्जमा बार्षिक साधारण सभा गरेको हो ।


कार्यक्रमका बार्षिक प्रतिबेदन पेश गर्दै साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनौज कुमार मौर्यले हाल संस्थामा शेयर सदस्य ४ हजार ३१ जना रहेको बताए । उनले सहकारी संस्था लाई जिल्लाकै नमुना सहकारीको रुपमा चिनाउन लागि परेको जनाए ।
संस्थाको बार्षिक साधारण सभा आर्थिक मामिला तथा सहकारी मन्त्री माननीय कृष्णध्वज खड्काको प्रमुख आतिथ्यतामा भयको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद माननीय कृष्णा केसि (नमुना) ले सहकारीका लागि ४५ लाख दिने घोषणा गरेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदी लगायतका अथितिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा २५० बढिको सहभागिता रहेको थियो ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech