तीन जनालाई सहयोग

देउसी भैलोको खर्च सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगञ्ज/तीन जना व्यक्तिहरुलाई बासले आर्थिक सहयोग गरेको छ ।

बासले तिहारको अवसरमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट जानकी गाउँपालिका जुगुन भरियाका नागेश सोनी, कोहलपुरका कमल प्रसाद उपाध्याय र नेपालगञ्ज २२ पुरैनीका रोशनी खाँलाई जनहि १०/१० हजार सहयोग गरिएको हो ।

देउसी, भैलो कार्यक्रमको खर्च सार्वजनिकरण कार्यक्रममा सो सहयोग गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुनाले चेक हस्तान्तरण गरेकि हुन् ।

सहयोग प्राप्त गर्ने नागेश मृगौला रोगका पीडित हुन्, उनी आमाले दिन थालेको मृगौला प्रत्यारोपणको तयारीमा रहेका छन् । कोहलपुरका कमल प्रसाद उपाध्याय करेण्ट लागेर मेरुदण्ड भाँच्चिई उपचारार्थ लखनउमा रहेका छन् । उनीहरुलाई उपचारका लागि सहयोग गरिएको
हो भने नेपालगञ्जका रोशनी खाँ आमा, बुवा गुमाएकी बालिका हुन् । उनको पढाईका लागि सहयोग गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननिय प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुनाले बासले भ्रष्टाचार बिरुद्ध काम गर्नुका साथै मानविय कार्य गरिरहेको बताईन् ।

बासका अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् भने कार्यक्रमको उद्धेश्य माथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । कार्यक्रम संयोजक रबिन्द्र बोहराले देउसी, भैलोको खर्च बिबरण सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी केसीले देउसी, भैलोमा सहयोग गर्ने डाक्टर राहुल थापा, मो. सफिक बेहना, डाक्टर कुमार शान शाह, सन्तोष गुप्ता, आशिर्वाद पेन्ट्सका नवनित डाँगी, गिता खत्री, शिब कुमार बर्मा, भिमकान्त लामिछाने, पुरण थारु, ईन्दिरा शाही, , कमल शाही, दिला शाह, गजेन्द्र शाही, निल बहादुर शाक्य, लोकेन्द्र बहादुर शाह, अम्विका काफ्ले, शोभा थापा मगर, शर्मिला थापा लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा भैली टिममा संलग्न कलाकार, स्वयंसेवकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कलाकार के.बि शाही, पूर्ण थापा, सन्तोष सोती मगर, प्रमोद डिजि र महेन्द्र सेढाईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क., समाजसेवी निल बहादुर शाक्य लगायतले बोलेका थिए ।

देउसी भैलोको खर्च सार्वजनिक :

बासले सञ्चालन गरेको देउसी, भैलो कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ ।

कार्तिक १८ देखि २१ गते सम्म खेलिएको भैलोमा ४० घरबाट २ लाख ६६ हजार रकम संकलन भएको थियो । संकलित रकमबाट ३० हजार बिभिन्न व्यक्तिहरुलाई सहयोग गरिएको छ भने भ्रष्टाचार बिरुद्धको भित्ते लेखनका लागि ५२ हजार १ सय ४५ रकम छुट्याईएको छ ।

यसैगरी अन्य खर्चहरुमा यातायात २८ हजार ६ सय २०, कलाकार खाजा खर्च १३ हजार ४ सय ९५, साउण्ड सिस्टम १६ हजार ५०, साउण्ड सिस्मट लगायत सामाग्रि खरिद १६ हजार ४ सय २०, देउसी, भैलो व्यवस्थापन खर्च ६ हजार १ सय ५, कलाकार खर्च २७ हजार, पोषाख भाडा १० हजार ८ सय, नृत्य तयारी १० हजार, खर्च सार्वज्निकरण कार्यक्रम खर्च १५ हजार र बनभोज खर्च २५ हजार रहेको छ ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech