फेसबुक स्ट्याटसका कारण सेवामा प्रतिबन्ध

असल शासन प्रतिनिधि

सल्यान / सामाजिक सञ्जालमा छोटे राजाको दमन लेखेको भन्दै एक वडा अध्यक्षले स्थानीयलाई सेवाबाट बन्चित गरेका छन् ।
कुरा बाघचौर नगरपालिका वडा नम्बर ४ सल्यानको हो उक्त वडाका स्थानीय दिल बहादुर केसीले सामाजिक सञ्जालमा अध्यक्ष प्रेमबहादुर पुनका बारेमा छोटे राजाको दमन लेखेपछि वडा कार्यालयबाट कुनै पनि सेवा नदिने भन्दै बिज्ञप्ती जारी गरेको छ ।
वडा अध्यक्षद्धारा जारी गरिएको बिज्ञप्तीमा केसीले गरेका टिप्पणी अमर्यादित भएको, छोटेराजाको दमनको संज्ञा दिइ, फेसबुकमा चरित्रहत्या गर्ने, विभिन्न आरोपहरु लगाइ भ्रमित पार्ने काम गरेकाले कम्जोरी नसच्यायसम्म यस वडा कार्यालयबाट दिइने सम्पुर्ण सेवामा वञ्चित गरिन्छ भनीएको छ । सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको माग छ ।
यसरी वडाअध्यक्षले जारी गरेको विज्ञप्ति भाइरल बनेपछि कतिपयले कुनै पनि कानुनी उपचार विना नै सेवा वाट बन्चित गर्न नहुने धारणा राखेका छन् ।

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech