नरैनापुरमा बाघको आक्रमण : मान्छे र गाईको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाउँपालिकामा बाघको आक्रमणबाट मान्छे र गाईलाई मृत्यु भएको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ का लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो ।
गडरिया बिहिबार गाई चराउन जङ्गल मा गएका थिए । उनी घर नफर्किएपछि भोलीपल्ट स्थानीयले खोजतलास गर्दा कतै नभेटिएपछि उनका आफन्तले प्रहरीलाई निवेदन दिएका थिए । प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार खोजतलासको निवेदन आएपछि जगलतिर खोजतलास गर्दा २७ गते राती जगलमा गडरिया र एउटा गाई मृत भेटिएको जनाइएको छ । स्थानियले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका थिए । नरैनापुरको गोवद्धधन धामदेखि ५ किलोमिटर जति पूर्वपटी जगलमा गडरियाको शव फेला परेको प्रहरीले जनाएको छ। शवको पिठयुको भाग बाघले खाएको छ भने घाटी र शरीरका अन्य भागमा नग्राले कोतरेको छ ।
प्रहरीले गडरियाको शवलाई पोष्टमार्टका लागि नेपालगन्ज पठाएको जनाएको छ । जङ्गलमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech