चर्पीको महत्वबारे नेपालगन्जमा नाटक

असल शासन प्रतिनिधि

नेपालगन्ज / चर्पीको महत्वका बिषयमा नेपालगन्ज उपमहानगरपालिकाका दुई स्थानमा जनचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको छ ।
विश्व चर्पी दिवस २०२१ को अवसरमा एसएनभी र गेरुवा ग्रामिण जागरण संघको सहयोगमा बास नेपालले उक्त सडक नाटक गरेको हो । स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तरगत भएको उक्त सडक नाटकमा स्वास्थ्य र सरसफाईकालागि शौचालयको अनिवार्य प्रयोग गर्ने, शौचालय प्रयोग गर्ने तरीका, शौचालयको दिशा र पिसाबलाई मलको रुपमा प्रयोग गर्न सकिने बिधिका बिषयमा नाटक केन्द्रीत थियो ।

नाटकमा अभिनय तथा जनचेतना मुलक पर्चा पम्पलेटको माध्यमबाट आम नागरिकहरुलाई शौचालयको प्रयोग, प्रांगारिक मल बनाउने तरीका र घर तथा समुदायमा रहेको नाला तथा फोहोर कसरी सफा गर्ने भन्ने बिषमा नाटक कलाकारहरुले निकै रोचक ढंगले प्रस्तुत गरेका थिए । आम नागरिकको दैनिकी सँग जोडिएको बिषय भएकाले दर्शकहरुले निकै अभिरुचिका साथ नाटक हेरेका थिए ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को बेलासपुर र नेपालगन्ज १० मालपोत कार्यालय अगाडी प्रर्दशन गरिएको नाटकमा बासका कलाकारहरु मन भण्डारी, रबिन्द्र बोहरा, शोभा थापा मगर, लोक बहादुर घर्ती, जश्मिन शाह र अशोक रावलले अभिनय गरेका थिए । नाटक प्रदर्शनमा एसएनभिका का सिटी अफिसर सुरजराज भण्डारी, बासका निर्देशक हेमराज भट्ट, गेरुवा ग्रामिण जागरण संघका कार्यक्रम संयोजक अब्दुल गफार शेख, असल शासन मिडियाका तपेन्द्र बहादुर मलातीको उपस्थिती रहेको थियो ।

  • ३ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech