दलित महिलाको अधिकार सुनिश्चितको माग

असल शासन प्रतिनिधि

नेपालगन्ज / अब आउने निर्वाचनमा दलित महिलाहरुको सहभागिता र अधिकार सुनिश्चित गर्न आवाज उठाउनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् ।

दलित महिला संघ (फेडा) बाँकेले आइतवार आयोजना गरेको दलित महिलको हक, अधिकार सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा दलित महिला संघ (फेडा) बाँकेकी अध्यक्ष निर्मला सुनारले दलित महिलाको हक, अधिकार सुनिश्ति गर्न राजनीतिक दल संवेदनसिल बन्नुपर्ने बताइन् । आफू संलग्न रहेको राजनीतिक दलमा दलित महिलाहरुको लागि के कस्तो सेवा सुविधा छ अधिकारको ब्यवस्था गरिएको छ ?, सो ब्यवस्था अनुसार कार्यान्वयन भएको छ कि छैन भन्ने बिषयमा आवाज उठाउन जरुरी रहेको बताउदै आफ्नो आवश्यकता, अधिकार स्ुनिश्चिका लागि पूर्णरुपमा तयारी हुन सुनारले सहभागिहरुलाई अनुरोध गरिन् ।

फेडोकी कार्यक्रम संयोजक दिपिसा गौतमले संञ्चालन गरेको काक्रममा बिभिन्न क्षेत्रका २० जना दलित महिलाको सहभागिता रहेको थियो ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech