स्यालसँग ठोक्कियो जहाज

बिमानस्थल व्यवस्थापनमा नागरिक उड्ययन कार्यालयको चरम लापरबाही

असल शासन प्रतिनिधि

नेपालगञ्ज/काठमाण्डौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा स्याल ठोक्किएको छ ।

अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको हो ।

बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालयका अनुसार, बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको हो । विमानका यात्रुहरु सबै सुरक्षित रहेको कार्यालयले जनाएको छ ।

उक्त विमान अवतरण गरिसकेपछि श्री एअरको विमान अवतरण गर्दा हेर्दा स्यालका शरीका भागहरु टुक्राहरु बिमानस्थलको धावनमार्गमा फेला परेपछि स्याल बुद्ध एअरको जहाजसँग ठोक्किएको थाहा भएको थियो । स्याल ठोक्किदा जहाजको नोजल गेयरमा समस्या आएको बताईएको छ ।

दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए । उक्त घट्नापछि धावनमार्ग वरिपरिको घाँस र झाडीलाई सफा गर्न शुरु गरिएको बताईएपनि पुरै सफा नगर्दै सो कार्य रोक्किएको थियो । यसरी पटक, पटक जंगलि जनावरहरु ठोक्किरहँदा समेत कानमा तेल हालेर सुत्ने नागरिक उड्यन कार्यालय नेपालगञ्जको चेत कहिले खुल्ने होला ?

 

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech