नेपालगन्ज साइक्लिङ्ग क्लबको अध्यक्षमा सतिश

असल शासन प्रतिनिधि

नेपालगन्ज /नेपालगन्ज साइक्लिङ्ग क्लबको अध्यक्षमा सतिश निरौला निर्विरोध निर्वाचित भएका छन् ।

खजुरामा बुधबार सम्पन्न तेस्रो अधिवेशनमा निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

क्लबको बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की, उपाध्यक्षमा चन्द्र श्रेष्ठ, सचिवमा प्रदीप सापकोटा, सहसचिवमा कविराम बुढाथोकी र कोषाध्यक्षमा राजेस गुप्ता चयन भएका छन् भने सदस्यहरुमा प्रेम केसी, कृष्ण खनाल, बाबुराम बिश्वकर्मा, निरज कार्की (अल्भिन), रमेशराज रेग्मी, बिजयन्द्र जिसि, पंकजमान श्रेष्ठ, शुभकर मल्ल र दिपक मल्ल चयन भएका छन् ।

अधिबेशनको उद्घाटन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले गरेका थिए । कार्यक्रममा खजुरा गाउँपालिका वडा न–४ का अध्यक्ष तिलकविर सुनार, क्लबका संस्थापक उपाध्यक्ष पन्कज श्रेष्ठ, क्लबका संस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरी, अधिबक्ता पुर्ण ढकाल लगायतले अधिवेशनको सफलता शुभकामना दिएका थिए ।

अधिवेशनमा स्वागत मन्तव्य सदस्य सतिश निरौलाले व्यक्त गरेका थिए । अध्यक्ष गगनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र कार्कीले गरेका थिए । कोषाध्यक्ष शालिक सुवेदीले आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech