बास नेपाल ७७ जिल्लामा

असल शासन प्रतिनिधि

खोटाङ/७६ जिल्लामा शाखा बिस्तार गरि भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासले मंगलवार खोटाङमा शाखा बिस्तार गरेको छ ।

बासको कान्छो शाखाको अध्यक्षमा तारानाथ फुयाल चयन भएका छन् । शाखाको उपाध्यक्ष, सचिब, सहसचिव, कोषाध्यक्षमा क्रमशस् डिल्लीराम आचार्य, सिर्जना भुजेल, गणेश आचार्य र बिजय मिश्र सर्बसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः भुवन आचार्य, दुर्गा राई र सिर्जना घिमिरे आचार्य रहेका छन् । खोटाङको दिक्तेलमा आज सम्पन्न युवाहरुको भेलाले शाखा गठन गरेको हो । मानव अधिकारकर्मी लोकनाथ घिमिरेको संयोजनमा सो शाखा गठन भएको हो ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech