भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन हुने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) हुने भएको छ ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा सो कार्यक्रम हुने भएको हो ।

आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।

सोही दिवसको अबसरमा बास नेपालले नेपालगञ्ज वाकाथन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथ आयोजना गर्न थालिएको नेपालगञ्ज वाकाथनको नारा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti-corruption) भन्ने रहेको छ ।

वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, न्यूरोड, सदरलाईन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिनेछन् ।

नेपालगञ्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ३ सदस्सिय तयारी समिति गठन गरिएको छ । जसको सदस्यहरुमा महासचिव शिब कुमार बर्मा र कार्यबाहक कोषाध्यक्ष दिला शाह रहेका छन् ।

कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, बर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपिल गरेको छ ।

 

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech