राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्री पदमा राणाको उम्मेदवारी घोषणा

असल शासन प्रतिनिधि

काठमाण्डौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका आसन्न महाधिबेशनमा नयाँ नेतृत्वका लागि उम्मेदारी घोषणा भएको छ ।

आज काठमाण्डौंमा आयोजित एक बिशेष कार्यक्रममा राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा र नेपालगञ्ज उपमहानगरपालिका मेयर डाक्टर धवलशम्शेर राणाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कमल थापा नेतृत्वको संस्थापन पक्षलाई चुनौती दिने गरी नेताद्वय लिङ्देन र राणाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूहले नेतृत्वका लागि अग्रसर भएको हो ।

‘प्यानल’ नै बनाएर महाधिवेशनमा प्रतिष्पर्धा गर्ने उनीहरूको योजना छ । आसन्न महाधिबेशनमा अध्यक्ष पदका लागि हालका त्रय अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले पनि नेतृत्वका लागि तयारी गरिरहेका छन् ।

लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष हुन् । राणा २०५४ मा नेपालगञ्ज नगरपालिकाको मेयर थिए भने २० बर्ष पछि भएको निर्वाचनमा समेत नेपालगञ्ज उपमहानगरको प्रमुख पदमा निर्वाचित भएका थिए ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागि हुनेछन् ।

 

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech