ट्यांकरले दियो सेनाको गाडीलाई ठक्कर

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ ग्याँस सिलिन्डर बोकेको ट्यांकरले नेपाली  सेनाको गाडीलाई ठक्कर दिएको छ ।

नेपालगञ्जको कारकादो नजिकै एचआर ५५ एस ६९०३ नम्बरको ट्यांकरले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक सवार प्रदेश ३०१–००२ घ ५२६२ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।

सहायक रथी पाठक नेपालगञ्जमा चिकित्सकलाई भेटेर ब्यारेक फर्किरहेका थिए । ठूलो दुर्घटनाबाट बचियो, ट्यांकर तिब्र गतिमा भएको ज्यानै जान्थ्यो- पाठकसङ्गै उक्त गाडीमा रहेका बासका अध्यक्ष रमेश सिटौलाले भने- मानबिय क्षती नभएपनी गाडीमा क्षति पुगेको छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech