राउटे बढे, कन्दमुल खान छोडे

असल शासन प्रतिनिधि

सल्यान / कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउदै आएका लोपोन्मुख राउटे समुदाय जनसंख्या बढेको छ । हाल २०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको सङ्ख्या १ सय ४५ पुगेको हो ।

जिल्ला जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी धर्मराज ढकालका अनुसार पुरुष ६९ जना र महिला ७६ जना गरि जम्मा १ सय ४५ पुगेका हुन् । उनीहरु ४८ घरधुरी रहेको बताईएको छ । जनगणना अधिकारी ढकालले गणक टोलिले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेको हो ।

पछिल्लो चरणमा मृत्युुदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन विताउदै अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वड न ३ कारागाउ नजिक बस्दै आइरहेका छन् ।
स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ वालुवासँग्रही भेरि किनारमा रहेका उनीहरु एक सातामै सोहि नगरको वडा न १ घाटगाउँमा बसाइँ सरेका थिए । उक्त समय छ्यालिस घरधुरी रहेका राउटेको संख्या १४१ रहेको थियो ।

सरकारले भत्ता उपलब्ध गराउदै आए सङ्गै उनीहरुको जीवन शैलीमा केहि फरकपन आएको र वनको कन्दमूल खान छाडेका बताईएको छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech