बर्दियामा फेरि गयो एक जनाको ज्यान

बर्दियामा बाघ आतंक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दियामा बाघ आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको गेरूवा गाउँपालिका ४ मा आइतबार साँझ भैसी चराउन घर नजिकैको खरबारीमा गएका एक स्थानीयलाई पाटे बाघले आक्रमण गरेको र उनको शव प्रहरीले आधा खाएको अवस्थामा फेला पारेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार घर नजिकैको खरबारीमा भैसी चराउन गएका गेरूवा–४ राजिपुरका ६८ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आइतबार साँझ साढे ४ बजे घरनजिकैको खरबारीमा सो घटना घटेको बतसिइएको छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech