बर्दिया राजापुरका एकसय घरपरिवारलाई राहत

असल शासन प्रतिनिधि

नेपालगन्ज / बर्दिया राजापुरका बाढी प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।
बासको आयोजना, एनआएनए अष्टेलियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा आज उक्त राहत वितरण गरिएको हो ।


बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ मा रहेका प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका पूर्ब बरिष्ट उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरेका छन् ।


राहत वितरण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरेकोमा धन्याबाद ज्ञापन गरे । उनले खाद्यान्न वितरणले प्रभावित ब्यक्तिहरुलाई केही हद सम्म राहत हुने बताए । प्रभावित ब्यक्तिहरुलाई गैर सरकारी संस्थाहरुले गरेको सहयोग प्रशंसनिय रहेको उनको भनाई थियो । आज वितरण गरिएको राहतमा प्रति ब्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लीटर खाने तेल र १ किलो नुन रहेको थियो । बासले विभिन्न समयमा आउने बाढी तथा महामारि बाट प्रभावित घरपरिवारलाई विभिन्न संघ संस्था तथा निकायहरुको सहयोगमा राहत वितरण गर्दै आएको छ ।

 

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech