एकसय पचास बढीलाई ग्लोबल आईएमईको बैंकिङ्ग बित्तीय साक्षरता कक्षा

असल शासन प्रतिनिधि

नेपालगन्ज / ग्लोबल आईएमई बैंक कोहलपुर शाखाले बाँकेको कोहलपुरमा बित्तिय साक्षरता कार्यक्रम गरेकोछ ।

सेवाग्राहीहरुलाई मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका फाईदा बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरेको हो । कोभिड १९ को महामारीको समयमा घरमै बसेर बैंकिङ्ग कारोबार कसरी गर्न सकिन्छ भन्ने बिषयमा ग्लोबल आईएमई बैंक लुम्बिनि प्रदेश प्रमुख रबि श्रेष्ठ, ग्लोवल आईएमई बैंक केन्द्रिय कार्यालयका निरन्जन श्रेष्ठ र निकिता थापा भण्डारी र कोहलपुर शाखाका प्रबन्धक निर्मलराज बुढाथोकिले मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका फाईदा लगायतका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा ग्लोबल आईएमई बैंकका सेवाग्राही, आम नागरिक, बिद्यार्थी, शिक्षक गरि १ सय पचास बढिको सहभागिता रहेको थियो । बैंकले सामाजिक उत्तर दायित्व अन्तरगत उक्त कार्यक्रम गरेको जनाएको छ ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech