डुडुवामा सञ्चालीत ज्ञान महायज्ञको आज समापन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको डुडुवा गाउँपालिका ४ सिधनियामा सञ्चालीत श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आज समापन हुने भएको छ ।
स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित उक्त ज्ञान महायज्ञको पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डारा सहित समापन गरिने आयोजकले जनाएको छ ।


महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराजबाट कथा श्रवण भइरहेको छ । मसिंर ८ गते देखि शुरु भएको ज्ञान महायज्ञ मा संगितमय कथा बाचन समेत भएको थियो । महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डारा गर्ने कार्यक्रम रहेको थियो ।
महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीसँगै भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र सदानन्द मिश्रको समुहले बाद्यबादनका साथ पुजा पाठ, भजनभाव, किर्तन, संगित कथा बाचन गरिरहेको बताईएको छ ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech