बिद्यालय बन्द गरी महायज्ञ सञ्चालन

झण्डै ८ दिन महायज्ञ सञ्चालनको नाममा बिद्यालय बन्द हुदा बिद्यार्थीहरुको पढाई अस्तब्यस्त

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक बिद्यालयले एक साता बढी समय बिद्यालय बन्द गरेर बिद्यालय प्रांगणमा महायज्ञ सञ्चालन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय कण्ठीपुरले बिद्यार्थीहरुको पठक पाठन नै ठप्प हुने गरि महायज्ञ सञ्चालन गरेपछि सयौ बिद्यार्थीहरु मर्कामा परेका छन ।
बिद्यालय प्रांगणमा मन्च नै तयार गरी बिद्यालयले मंसिर १५ गते देखि २२ गते सम्म महायज्ञ सञ्चालन गरेको छ । बिद्यालयमा मंसिर १५ गते बिद्यार्थीहरु कापि किताब बोकेर बिद्यालय पुगे तर त्यो दिन बिद्यार्थीहरुको पढाईको सट्टामा उनीहरुलाई महायज्ञको उद्घाटन कार्यक्रममा सहभागि गराईएपछि निरास भएर घर फर्किएका थिए । बिद्यालयले बिदाको सुचना ननिकालेको भएपनि बिद्यालयको पठन पाठन भने मंसिर १५ गते देखि नै ठप्प छ । बिद्यार्थीले पठाईलाई बन्द गरेर महायज्ञ सञ्चालन गर्दा दुःख लागेको बताएका छन् । बिद्यालय क्षेत्र अहिले टेन्ट, लाईट र साउण्डले झकीझकाउ बनाएको छ ।


कुनै पनि वाहानामा बिद्यालय बन्द गर्न नपाईने प्रावधानको बर्खिलाप बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासनले महायज्ञ गर्ने निर्णय गर्दा त्यसको प्रत्यक्ष मारमा बिद्यालयमा अध्ययनरत ४ सय ५० बढी बिद्यार्थीहरु परेका छन् ।
बिद्यालय बन्द गरेर महायज्ञ सञ्चालनका बिषयमा बिद्यालयमा प्रधानाध्यापक नुरअली बेहनालाई सम्पर्क गर्दा बिद्यालयमा महायज्ञ सञ्चालन गरेको स्विकार गरे । बिद्यालयले बन्द गर्न सुचना ननिकालेको भएपनि बिद्यार्थीहरुको पढाई भने मंसिर १५ गते देखि २२ गते सम्म बन्द हुने उनले जनाए । बिद्यालयलाई माबि सञ्चालनार्थ ब्यवस्थापन समितिको निर्णय अनुसार महायज्ञ सञ्चालन गरेको उनको भनाई थियो । उनले बिद्यालय बन्द गर्न पाईन्छ र भन्ने प्रश्नमा यस बारेमा नेपालगन्ज उपमहानगरपालिकालाई लिखित जानकारी अघि नै पठाईसकेको असल शासनलाई बताए । बिद्यालयमा महायज्ञका बिषयमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाले यस बारेमा जानकारी नभएको र बुझ्ने बताए ।
उता बिद्यालयले पठन पाठन बन्द गरी महायज्ञ गरेको बिषयमा जिल्ला शिक्षा समन्वय ईकाई बाँकेका प्रमुख राम सुरेश यादबलाई लाई सोध्दा कुनै पनि हालतमा बिद्यार्थीहरुको पठन पाठनमा बाधा पर्ने कार्य गर्न नपाउने बताए । उनले यो बिषयमा तत्काल नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखालाई बुझ्ने र अनुगमन गर्ने प्रतिबद्धता गरेका छन् । बिद्यालय बन्द गरेर महायज्ञ लगाउने कुरा कुनै पनि हालतमा नमिल्ने र बिद्यालयमा पठन पाठन नभएको अवस्थामा शिक्षकहरुको तलब समेत रोक्न सकिने उनको भनाई थियो ।
बिद्यालय शान्ति क्षेत्र हो कुनै पनि वाहानामा बिद्यालय भित्र पठन पाठन बन्द गर्ने कार्य गर्न पाईदैन त्यसको बेवास्ता गर्दै झण्डै ८ दिन बिद्यालयको पठन पाठन बन्द गरी महायज्ञ सञ्चालन गरेको उक्त बिद्यालयका बिद्यार्थीहरुको पठन पाठन शुचारु गर्न नेपालगन्ज उपमहानगरपालिकाले कस्तो पहल गर्छ त्यो भने हेर्न बाकि छ ।

 

 

 

 

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech