१५ प्रतिशत छुटको माग गर्दै संयुक्त बिद्यार्थी सँगठन आन्दोलनमा

मागको सुनुवाई गरिदिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन, बेवास्ता गरिए सबै क्याम्पसमा तालाबन्दिको चेतावनी

तपेन्द्र बहादुर मलाती

नेपालगन्ज / सिटीइभिटीबाट मान्यता प्राप्त शिक्षण संस्थाहरुमा १५ प्रतिशत छुटको माग गर्दै सयुंक्त विद्यार्थी सँगठनले प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
सिटिइभिटीले भदौ ९ गते गोरखा पत्रमा सूचना प्रकाशन गरि वैकल्पिक माध्यमबाट पठनपाठन भएको अवधिभर सम्पूर्ण कजेजलाई १५ प्रतिशत शुल्कमा छुट दिने भनेपनि हाल सम्म त्यसको सुनुवाई नभएको भन्दै बिद्यार्थी संगठनहरु बिरोधमा उत्रीएका हुन् । सिटीइभिटी अन्तर्गतका सबै क्याम्पसहरुले उक्त निर्णयको सुनुवाई नगरेसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनहरुले बताएका छन् ।
मंगलबारबाट शुरु भएको बिरोध अन्तरगत नेपालगञ्जको रामलिला मैदानबाट बिद्यार्थी सँगठनहरुले आन्दोलन शुरु गरेका थिए । रामलिला मैदान, कलेज अफ अलाइड, नेपालगञ्ज टेक्निकल कलेज, विपी चोक हुदै भेरी प्राविधिक शिक्षालय र कैलपाल कलेज एण्ड हस्पिटल सम्म विरोध ¥याली निकालिएको थियो ।
आज आन्दोलनको दोस्रो दिन मध्यपश्चिमाञ्चल प्राविधिक शिक्षालयमा र जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस लगाउदै बिद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। हाल सम्म शान्ति पूर्ण आन्दोलन रहेको र बेवास्ता गरे क्याम्पसहरुमा ताला बन्दि सम्मको बिद्यार्थीहरुले चेतावनी दिएका छन् ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech