ब्राउन सुगरसहित तीन जना पक्राउ

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियामा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलवार मधुवन नगरपालिका ५ वाट एक भारतीय नागरिक र बढैयाताल गाउँपालिका ७ बाट २ जना गरी तीनजना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार मधुवन नगरपालिका ५ मा बहराईच जिल्ला मिहीपुरुवा सुजौली थाना फकिरपुर बस्ने बर्ष २२ को रोहित कुमार गुप्तालाई पक्राउ गरीएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई शंका लागी रोकी खानतलासी गर्दा १८ ग्राम ७६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) सहित पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका गुप्ता लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको भन्ने बुझिएको शाहीको भनाइ छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको सयुक्त प्रहरी टोलीले बढैयाताल ७ कर्णालीपुर स्थित फुटाह–कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बढैयाताल २ सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन । उनीहरुको शरीर खानतलासी गर्दा ९६० मिली ग्राम लागु औषध (ब्राउनसुगर) फेला परेकोले उक्त लागु औषधसहित नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech