निर्वाहमुखी होइन व्यवसायमुखी कृषिमा ध्यान दिऔं

असल शासन प्रतिनिधि

सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ८आंै साधारण सभा सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित बुधबार एक कार्यक्रका बीच राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले सहकारीको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष खत्रीले सहकारीमा बचत गर्ने बानीले समाज समृद्धिको दिशातिर उन्मुख गराउने कुरा औँल्याइन् । उपाध्यक्ष खत्रीले किसानहरू निर्वाहमुखी कृषिमा भन्दा पनि व्यवसायमुखी कृषिमा उन्मुख हुन जोड दिइन् । सहकारीले गरिब जनताको हितमा काम गरेकोले साह्रै स्रहानीय भएको बताउदै देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनु पर्ने उपाध्यक्ष खत्रीले बताइन् ।

कार्यक्रममा बोल्दै बी ग्रुप बाँकेका नसुदिन शेषले स्थानीय तहमा युवा, महिलालगायत वृद्धवृद्धासमेत सहकारीमा आबद्ध भई उत्पादन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायतका उद्यमशीलताको कार्यहरु सहकारी संस्थाहरुको माध्यमबाट भएको बताए । कार्यक्रममा बोल्दै जनशक्ति माविका अध्यक्ष हुमाशंकर ओलीले सहकारीमार्फत् देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानुन निर्माण गरिनु पर्नेमा जोड दिए । सहकारी संस्थाका अध्यक्ष कमला गिरी जैसीले आ.व. २०७७÷०७८ को साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै साधारण सभा संस्थाकी फिल्ड सहायक सुष्मा कुमारी चौधरीले आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय २ करोड ५४ लाख ६२ हजार ४ सय ७८ रुपैयाँ प्रस्तुत गरेकी थिइन् । संस्थाका लेखा समिति संयोजक विमला घर्र्तीले उक्त कार्यक्रममा संस्थाको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारण सभामा सहकारी संस्थाकी व्यवस्थापक दिपा पुनले संस्थाले समग्र सहकारी बजारमा कूल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा जानकारी गराउँदै सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड बढी कारोबार गर्ने लक्ष्य लिएको बताइन् ।
साधारण सभामा ५ जना ज्येष्ठ नागरिक, ५ जना रक्तदान गरेका समूहका सदस्यलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष कमला गिरी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति, लेखा समिति, ऋण उप–समिति, शेयर सदस्यलगायतको उपस्थिति रहेको थियो ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech