भ्रष्टाचार बिरुद्ध ३० सार्वजनिक स्थानमा भित्ते लेखन

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न ३० सार्वजनिक स्थानमा भ्रष्टाचार बिरुद्ध भित्ते लेखन गरीएको छ ।
बास नेपालले भ्रष्टाचार बिरुद्ध सन्देस प्रवाह गर्ने उद्धेश्यले उक्त भित्ते लेखन गरेको हो ।


बासले भ्रष्टाचार बिरुद्ध देउसी भैलो खेलेर संकलन गरेको रकमबाट सन्देसमुलक भित्ते लेखन गरिएको बासका कार्यक्रम संयोजक शोभा थापा मगरले बताईन् । उनले दिएको जानकारी अनुसार नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ४, ५, १२, १४, १६, १७, १९, २० र २१ को कार्यालय लगाडी, शहरी स्वास्थ्य केन्द्र वडा नम्बर ४, बिद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र, सरस्वती माबि, सरस्वती प्राथमिक बिद्यालय, बाल्मीकी स्कुल, हुलाक कार्यालय, कृषि ज्ञान केन्द्र, डिभिजन बन कार्यालय, जलश्रोत तथा सिचाई डिभिजन कार्यालय, राजस्व कार्यालय, जडीबुटी कार्यालय, भेटेनरी कार्यालय, शारदा आधारभुत बिद्यालय, बिद्युत प्राधिकरण नेपालगन्ज, भन्सार कार्यालय, भेरी अस्पताल, जिल्ला समन्वय समिति, महेन्द्र बहुमुखि क्याम्पस र भेरी प्राविधिक शिक्षालयको अगाडी भित्ते लेखन गरिएको छ ।


यसरी गरिएको भित्ते लेखनमा हामी भ्रष्टाचार बिरोधी हौं, भ्रष्टाचारी सबै जेल परुन, भ्रष्टाचार बिरुद्ध उजुरी गर्ने बानी बसालौं, भ्रष्टाचार गर्दैनौ, सदाचार बिर्सन्नौं, घुस्याहाहरुलाई चुला चौका बार्ने गरौं, आउनुहोस भ्रष्टाचार बिरुद्ध सँगै मिलेर काम गरौं लगायतका नाराहरु लेखिएको छ । नेपालगन्जका विभिन्न सार्वजनिक स्थानमा गरिएको वाल पेन्टिङ्गले भ्रष्टाचार बिरुद्ध सन्देस प्रवाह गरेको छ । भने यस बर्षनै देउसी भैलोबाट संकलित रकमबाट ३ जना बिरामीहरुलाई नगद दश हजारका दरले सहयोग हस्तान्तरण गरेको थियो ।
बासले हरेक बर्ष देउसी भैलो कार्यक्रम गरी संकलिन रकमबाट भ्रष्टाचार बिरुद्धका विभिन्न क्रियाकलापहरु तथा मानविय कार्यहरु सञ्चालन गर्दै आएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech