बाँके नरैनापुरका छात्रालाई ६ सय थान साईकल वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / नरैनापुर गाउँपालिकाले गाँउपालिका भित्र अध्ययनरत सामुदायिक बिद्यालयका छात्रालाई साईकल बितरण गरेको छ ।
गाउँपालिका भित्रका छोरीहरुलाई पढाई प्रति आकर्षण गराउने र उनीहरुलाई बिद्यालय जान सहज होस भन्ने उद्धेश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार आज एक कार्यक्रमका बिच कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने ६ सय छात्रालाई साईकल बितरण गरिएको छ ।


आज साईकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य माननिय कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा, गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत लगायत जनप्रतिनिधिहरुको उपस्थितीमा गरिएको थियो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४० लाखको लागतमा उक्त साईकल वितरण गरेको जनाएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech