उपचार सहयोगका लागि अपील

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–१३ का प्रकाश सिंहको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ ।
गम्भिर घाईते भई टाउकोमा रगत जमेकाले शुक्रबार शल्यक्रिया मार्फत रगत झिकीएपनि होस नखुलेकाले उनलाई भेण्टीलेटरमा राखीएको
छ । दुई हप्ता अघि गम्भिर घाईते भई लखनउमा उपचार गरिएपनि खर्च धान्न गाह्रो भएपछि भेरी अष्पतालको आपतकालिन कक्षमा ल्याई उपचार गरिएको आफन्तले जनाए। लखनउमै लाखौं रुपैया खर्च भईसकेको र अझैं कती खर्च हुने हो यकिन नभईसकेकोले परिवारले आर्थिक सहयोगको अपील गरेको छ । ३२ वर्षिय घरको एक्लो छोरा प्रकाश नै बेहोशी अवस्थामा पुगेपछि विधुवा आमा विक्षीप्त भएकी छिन् । घरमा भएको, कर्जा समेत गरेर सके जतीको खर्च परिवार र आफन्तबाट खर्च भईसकेको छ अब लाग्ने उपचार खर्च धान्न सकिने अवस्था नरहेको भन्दै आमा बीमला सिंहले आर्थिक सहयोग गरिदिएर छोराको ज्यान बचाईदिन याचना गरेका छन्। घरको आर्थिक स्थिती कमजोर रहेकाले सहयोगको अपील गरिएको घाईते सिहंकी सानी आमा मिनासिंह ठकुरीले बताईन् । सहयोग गर्न इच्छुक दाताले मिना सिंह ठकुरीको मोवाईल नम्बर ९८४८०२०६९५० सागरसिंह ठकुरी मोवाईल नम्बर ९८५१०३९४२७० मार्फत सहयोग गर्न सक्नु हुने छ । साथै सोझै बैंक र इ सेवामार्फत सहयोग गर्न चाहनेहरुका लागि मीना सिंह (Mina Singh) माछापुच्छे बैंक लिमीटेड खाता नम्बर ३४३६५२४७९३०३००१४० र ईसेवाआईडी ९८४८०१८८२७ पनि सार्वजनिक गरिएको छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech