५३ जना प्रतियोगिलाई पछि पार्दै जानकी प्रथम

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद १० हजार १ सय ११, ५ हजार ५५, ३ हजार २५ र १५ सय ५, प्रमाण पत्र र ट्रफि हात पारेका छन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
जिल्ला भरीका ५३ जना प्रतियोगिहरुलाई पछि पार्दै ग्रिनपिस माबि चप्परगौडीमा कक्षा ९ मा अध्ययनरत छात्रा जानकी अर्याल प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बासको आयोजनामा मंसिर १९ गते नेपालगन्जमा सम्पन्न सुनौलो भविष्यका लागि स्वयम्सेवा बिषयक बक्तृत्वकला प्रतियोगितामा जानकीले प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी प्रतियोगितामा दोश्रो स्थान एन्जल्स स्कुल नेपालगन्जमा कक्षा १० मा अध्ययनरत शिक्षा काफ्ले, तृतीय विभिएन माबि कक्षा ११ मा अध्ययनरत अनु ओली र सान्त्वना युनाईटेड एकेडेमी नेपालगन्जमा कक्षा ९ मा अध्ययनरत कृति फुयालले हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद १० हजार १ सय ११, ५ हजार ५५, ३ हजार २५ र १५ सय ५, प्रमाण पत्र र ट्रफि प्रात्त गरेका छन् ।

प्रतियोगितामा बिजेता हुन सफल प्रतियोहरुलाई नगद, सम्मान पत्र र ट्रफि कार्यक्रमका निर्णायक तथा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिब तथा स्वयम् सेवक विभाग प्रमुख शिब कुमार बर्मा, बासका कार्य वाहक कोषाध्यक्ष दिला शाह, निर्देशक हेमराज भट्ट, निर्णयक किरण आचार्य, रुद्र सुबेदीले प्रदान गरेका थिए ।
जिल्ला स्थित ३० बढी बिद्यालयका ५३ जना प्रतियोगिहरुले सहभागिता जनाएको प्रतियोगितामा सहभागि सबै बिद्यार्थीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत बास स्वयम् सेवक समुहका संयोजक तपेन्द्र मलातीले गरेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका केन्द्रीय महासचिब तथा बास स्वयम् सेवक विभाग प्रमुख शिव कुमार बर्माले गरेका थिए । प्रतियोगिता बास नेपालको आयोजना, मध्यपश्चिम बहुमुखि क्याम्पसको प्रायोजन तथा विभिन्न संघसंस्था तथा निकायको सहकार्यमा सम्पन्न भएको छ ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech