चुरेको डाडामा साइकल गुडाउदा

सतिश निरौला

गत शनिबार हामी सामुहिक साइकल यात्रा गर्ने सूचना गरेउ धेरै साथीहरूले इच्छा देखाउनु भयो हामीले यो शनिबार को गन्तव्य का रूपमा बाके जिल्ला कै चर्चित धार्मिक गन्तव्य रोजेका थियौं चुरेको डाडा मा रहेको सन्तानेश्वर मन्दिर जसमा २० जनाको सहभागिता रह्यो यात्रा को संयोजन नेपालगन्ज साइक्लिङ क्लबले गरेको थियो।
एउटा नौलो थिम थियो यो साइकल यात्रा को मन्दिर देखी मन्दिर सम्म त्यसैले शनिबार बिहान् हामी सबै ले रोजियो जम्मा हुने ठाउँ बागेश्वरी मन्दिर जहाँ बिहान् को छ बजे यात्रामा सहभागी हुने सबै पुगिसक्नु भएको थियो अनि बागेश्वरी मन्दिर र जुङ्गे महादेव को दर्शन पश्चात् हामीले पाइडल हान्दै साइकल लाई पुर्व तिर मोडेउ, त्रीवेणीमोड, फुल्टेग्रा हुँदै राप्ती पुलतर्फ हाम्रा साइकल हरु आफ्नै बेगमा अगाडि बढे, राप्ती नदिमा उदाउँदो सुर्यको चम्किलो र न्यानो सुर्यको किरणले हामीलाई स्वागत गरिरहेका थिए राप्ती को पुल प्रवेश गर्दै गर्दा लाग्थ्यो न्यानो सुर्य को ताप सङ्गै राप्ती पुल नै हाम्रो लागी स्वागतद्वार झैं सुनौलो लालिमा बोकेर उभिएको थियो शान्त राप्ती नदिले हामीलाई स्वागत गर्दै थिइन् ।
बागेश्वरी मन्दिर बाट घुमिरहेको पाइडल राप्ती सोनारी मा पर्ने साइली माइली होटल नपुगुन्जेल चलिनै रहे हामी साइकलेहरुको ठिहा अर्थात् बिसौनी बनेको छ त्यो होटल हामी केहि बेर त्यहाँ विश्राम गर्दै आआफ्नो इच्छा अनुसार को चियापान गरेर नरैनापुर तिर बढियो केहि सानोतिनो रकम भएपनि खर्च गरेर आन्तरिक पर्यटन लाई चलायमान बनाउने प्रयत्न पनि हो यो हाम्रो जुनसुकै गाउँ वा ठाउँ पुगेपनी त्यहाँ स्थानीय रूपमा पाइने खानेकुरा खाने र केही न केही रुपैयाँ भएपनि खर्च गर्ने गरेका छौं हामी।

नरैनापुरको सिमा प्रारम्भ सङ्गै अब पिचरोड छोडेर पुर्वतर्फको जङ्गल प्रवेश गरेउ हामी हरियाली जङ्गल र जङ्गल का अप्ठ्यारो ट्रेलमा माउन्टेन बाइकिङ्गको मजानै बेग्लै हुन्छ घरद्ध जना साइकले साथीहरू बेला बेला मा लड्दै पाइडल मार्दै हुनुहुन्थ्यो साइकल कुदाउदाकुदाउदै लड्नु पनि बिशेष हुन्छ यसरी नेपालगन्ज बाट ४० किलोमिटर को साइकल यात्रा पछि हामी चुरेको डाडो मा उक्लिएउ कतै बिस्तारै कुदाउदै कतै ठेल्दै गुडाउदै त कतै काधैमा बोकेर हामी दिब्यदर्शी आश्रमको आगनी मा पुगेउ हामीलाई सन्तानेश्वर मन्दिर का मुलमहन्त योगानन्द गिरिजी महाराज ले स्वागत गर्नुभयो फ्ल्याट तराई बाट त्यो चुरेको चुचुरो मा पुग्दा मन फुरुङ्ग भो, केहिबेर भएपनि छुट्टै आनन्द को अनुभुती भयो झन्डै अढाई घन्टा बढीको साइकल यात्रा को थकान पनि भुलियो आश्रममा मुलमहन्त जि ले चिया खुवाउनु भयो अनि हामी आश्रम देखी अझै माथी रहेको मन्दिर तर्फ को पदयात्रा मा अगाडि बढेउ।मन्दिर मा पुजापाठ, फोटोसेसन पछि हामी पुनः तल आश्रम मै ओर्लिएउ र महन्त जी को भोजन गरेर जानुपर्ने आग्रह लाई स्वीकार गर्दै केहि साथीहरू खाना पकाउन लाग्नुभो भने केहि साथीहरू जर्किन बोकेर पानी लिन जानुभो यसरी १ घन्टा भित्रमा हामी २० जनाका लागि आश्रम ले उपलब्ध गराएको दाल, चावल र तरकारी पाक्यो हामीले रमाइलो सङ्ग सामुहिक भोजनग्रहण गर्दै आश्रम बाट विदा भएउ यसरी एकदिनभरी को फुल राइड रमाइलो सङ्ग पुरा गरि हामीले मन्दिर देखी मन्दिरसम्मको एकदिवसीय साइकल यात्रा पुरा गरियो।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech