नेपालगन्ज वाकाथनमा बहुचर्चित गायक प्रकाश सपूतको उपस्थिती रहने

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) मा गायक प्रकाश सपूतको विशेष उपस्थिति हुने भएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / भ्रष्टाचार बिरुद्ध मंसिर २३ गते हुन लागेको नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) मा बहुचर्चित गायक प्रकाश सपूतको विशेष उपस्थिति रहने भएको छ ।
काठमाण्डौंमा बासका कार्यकारी निर्देशक तथा नेपालगन्ज वाकाथन कार्यक्रमका मूल संयोजक नमस्कार शाहसङ्गको भेटमा गायक सपुतले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) हुने उक्त कार्यक्रममा गायक सपुतको उपस्थिती सुनिश्चित भएको हो । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा चर्चीत गायक सपुतको उपस्थितीले सबैलाई थप उत्साहित बनाएको छ । भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन जनाउदै गायक सपुतले कार्यक्रममा उपस्थित रहने बताएका हुन् ।


पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकारहरुको श्रेणीमा सपुत अग्र पंतिमा आउछन् । प्रकाश सपुतको गलबन्दी च्यातियो तिम्ले तानेर, बोल माया, बदला बरी लै लगायतका गितहरु पछिल्लो समय निकै चर्चीत गितहरु हुन् । आयोजक संस्था बास नेपाल र ब्यवस्थापन गर्ने संस्था अन्तराल गायक प्रकाश सपुतको उपस्थिती सुनिश्चित भएपछि कार्यक्रमको ब्यवस्थापनलाई थप महत्वका साथ तयारीमा जुटेका छन् । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिईएको छ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।
वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, सेतुबिक चौक हुदै, न्यूरोडमा गएर समापन हुने कार्यतालिका रहेकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech