फेडो बाँकेको १५ औँ साधारण सभा सम्पन्न

असल शासन प्रतिनिधि

दलित महिला संघ (फेडो) बाँकेको १५ औँ साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाले बर्ष भरी गरेका कार्यक्रम तथा उपलब्धिहरु सरोकारवालालाई जानकारी गरी समिक्षा गर्ने उद्देश्यका साथ साधारण सभा गरिएको हो ।

दलित महिला संघकी सचिब एकता नेपालीले प्रगति तथा कोषाध्यक्ष ज्ञानु स्वर्णकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन गहतराजको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिती गहतराजले दलित महिलाको हक हित र अधिकार सुनिश्चित गर्न सबैको ऐकेबद्धता जरुरी रहेको बताइन् । दलित महिलाको सशक्तिकरणका लागि दलित महिला संघले गरेको योगदान उल्लेखनिय रहेको बताउदै उनले फेडोले निर्माण गर्न लागेको सेफ हावसका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । लागि कार्यक्रममा सहभागिहरुले संस्थाले गरेका कामहरुको प्रशंशा गर्दै आगामी दिनमा अझैँ राम्रो गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत दयाराम पाठक, बास नेपालका निवर्तमान अध्यक्ष मन भण्डारी, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सदस्य अविराज क्षेत्री, आइएचआरसीका शैलेन्द्र बैश्य, लगायतले बोलेका थिए । साधारण सभको साथै लैँगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा फेडोकी सल्लाहकार रुपा गहतराजले लैँगिक हिंसा बिरुद्ध सरोकारवालको भुमिका विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सदस्य तुल्सि सुनारले स्वागत गरेकी थिइन् । संस्थाकी कार्यक्रम संयोजक दिलिसा गौतमले सञ्चालन गरेको कार्यक्रममा फेडोसंग आवद्ध बिभिन्न समुहका सदस्य, फेडोका साधारण सदस्य तथा बिभिन्न संस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech