अन्तिम तयारीमा वाकाथन

असल शासन प्रतिनिधि

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना, अन्तराल नेपालगन्जको व्यवस्थापन र बिभिन्न संस्था तथा निकायको सहकार्यमा हुने भ्रष्टाचारबिरुद्ध नेपालगञ्ज वाकाथनको टिसर्ट सार्वजनिक गरिएको छ ।

नेपालगञ्ज वाकाथनको लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित रहेको टिसर्ट बास नेपालका अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् ।
आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने रहेको बासले जनाएको छ। कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।
सोही दिवसको अबसरमा बास नेपालले नेपालगञ्ज वाकाथन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचारबिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथ आयोजना गर्न थालिएको नेपालगञ्ज वाकाथनको नारा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने रहेको छ ।

वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, न्यूरोड, सेतु बिक चौक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडि गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिने सूचना अधिकारी हेमराज भट्टले जनाएका छन् ।

नेपालगञ्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्सिय समिति सक्रियताका साथ कार्य गरिरहेका छन् । कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, बर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपिल गरेको छ ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech