विमानस्थलको अस्तव्यस्तता विरुद्ध प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज विमानस्थलको अस्तव्यस्तता विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिएकोछ ।
नेपालगन्ज विमानस्थलको मुल गेटमा मंसिर २८ गते बिहान १० बजेदेखि ११ बजे सम्म बास नेपालले उक्त शान्तिपुर्ण प्रदर्शन गरेको हो ।
शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमान स्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशन पछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका प्रमुख सुवास झालाई ज्ञापन पत्र बुझाएको थियो । बासले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा नेपालगञ्ज बिमानस्थलको धावनमार्गको छेउ, छाउमा भएको झाडी, बुट्यानका कारण पटक, पटक बिमानहरु स्याल, बँदेल जस्ता जनावरहरुसँग ठोक्किई दुर्घटना निम्त्याई रहेकाले १ महिना भित्र झाडी, बुट्यायन सफाई गर्नुपर्ने, बिमानस्थल भित्रको पार्किङ्ग व्यवस्थित गर्नुपर्ने, बिमानस्थलमा हुने भिडभाड नियन्त्रण गर्नुपर्ने, बिमानस्थल भित्र हुने एनाउन्स प्रभावकारी नभएको, आआफ्नो एअरलाईन्सका कर्मचारीले एनाउन्स गर्ने गर्दा प्रभावकारी नभएकाले तत्काल नागरिक उड्ययन कार्यालयकै कर्मचारीलाई सो जिम्मेवारी दिनुपर्ने र कार्यालयद्वारा सूचना अधिकारी तोकि आम नागरिकहरुलाई प्रदान गर्नुपर्ने सूचना नियमित रुपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ । उल्लेखित मागहरु सम्वोधन नभएमा चरणबद्ध रुपमा दवावमुलक कार्यक्रम सञ्चालन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


ज्ञापन पत्र बुझ्दै नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले समस्या समाधानको चरणमा रहेको बताए । उनले विमान स्थलको समस्या सबैको सझाँ समस्या रहेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरे ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा कार्यालय प्रमुख झालाई ज्ञापन पत्र बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिब कुमार बर्मा र कार्यवाहक कोषाध्यक्ष दिला शाहले बुझाएका थिए । शान्तिपूर्ण प्रदर्शन कार्यक्रममा १५ बढीको सहभागिता रहेको थियो ।

 

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech