खुल्यो घरेलुको कार्यालय

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका समितिको कार्यालय उद्घाटन भएको छ ।

नगर अध्यक्ष दिला कुमारी शाहको अध्यक्षता र नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष पुर्ण भण्डारीको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १८ लग्दहवामा स्थापना गरिएको कार्यालयको उद्घाटन गर्दे नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष पुर्ण भण्डारीले नगरमा आवद्ध सम्पुर्ण उद्योगीको एकता र उद्योग क्षेत्र प्रवर्द्धन गर्दै उद्योगी सदस्यहरुले सहजरुपमा सेवा पाउने आशा राख्दै नगर समितिलाई बधाई दिएका थिए ।

बिशिष्ठ अतिथी नेपालगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बाँके जिल्लाको पहिचानका लागी नेपालगन्जलाई उद्योगीहरुको सक्रियतामा उद्योगी हव बनाउन सकिने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव सि. एम उपाध्याय, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवी वली, औधोगिक क्षेत्र कार्यालयका प्रमुख कृष्ण पुन, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु कुमारी खड्का लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, बासका निवर्तमान अध्यक्ष मन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप महानगरपालिक अध्यक्ष दिला कुमारी शाहले आफ्नो मन्तब्य राख्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेकि थिईन् ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech