बुद्ध एअरको इन्जिन फेल, भरतपुरमा आपतकालीन अवतरण

असल शासन प्रतिनिधि

चितवन/चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ ।

भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुरमानै आकस्मिक अवतरण गरेको हो ।

जहाज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराईएको हो । उडेको केही समयमैं सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

१८ जना यात्रु चढेको उक्त जहाजमा रहेका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । धावन मार्गमैं रहेको उक्त बिमानका कारण अवेर सम्म अन्य उडान समेत प्रभावित भएका थिए ।

‘धन्न मर्नबाट बाँच्यौं,’ उक्त जहाजमा रहेकी नेपालगन्जकी शकुन्तला शाहले भनिन्, ‘एयरलाइन्सहरु मान्छेको जीवनसँग किन खेलबाड गर्छन ?’
उनले छोटो भिडियो फेसबुक, टिकटक लगायतका सञ्जालहरुमा सार्वजनिक गरेकी छन् । उनले रुँदै भनेकी छिन्, ‘केही सोच्न सक्ने अवस्थामै छैन, यो मेरो दोस्रो जीवन हो ।’ उनको सो भिडियो अहिले भाईरल भईरहेको छ ।

एक पछि अर्काे घटनाले नेपाली आकाशमा बुद्ध एअर असुरक्षित भएको पुष्टि भईरहेको छ । पटक, पटक समस्या नित्याईरहेको बुद्ध एअरको चरम लापरवाही बिरुद्ध सरकार किन मौन बसिरहेको छ ? प्रश्न अनुत्तरित छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech