डोटीको सिलगढीमा क्षमता अभिबृद्धी तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम डोटीको सिलगडीमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, दिपालय शिलगढी नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा बाल संरक्षण कार्यक्रम अन्तरगत बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रिया बिषयक तालिम आज देखि शुरु भएको हो ।


तालिमको उद्घाटन सत्रमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले तालिमले बालवालिका तथा युवाहरुको क्षमता अभिबृद्धी हुने विश्वास ब्यक्त गरे । उनले बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणका लालि बालवालिका र युवाहरुको भुमिका महत्वपूर्ण हुने भन्दै तालिम सफलताको शुभकामना ब्यक्त गरे । यसैगरी उद्घाटन सत्रमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र माझी, महिला तथा बालबालिका शाखाका सानुमायाँ लिंम्बु, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र चन्द, पत्रकार रामहरी ओझा लगाएतको उपस्थिती रहेको थियो ।
बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक रामहरी ओझाले सहजिकरण गरेका थिए । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३१ जनाको सहभागिता रहेको छ ।

 

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech