नेपालगन्ज चिल्ड्रेन पार्कमा हवाई जहाज अवतरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जस्थित चिल्ड्रेन पार्कमा हवाई जहाज अवतरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को चिल्ड्रेन पार्कमा ११० सिटको कस्मिक एयरको हवाइ जहाज अवतरण भएको हो ।

अवतरण भएको जहाज वास्तविक उडान भर्ने जहाज भने होइन । बिग्रिएको पुरानो जहाजलाई अध्ययन अवलोकनका लागि तयार गरिएको हो ।

नगरको समग्र विकासको लागि पर्यटक एवम् हवाई जहाज सम्बन्धी रुचि राख्ने विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने उद्देश्यले उक्त जहाजलाई चिल्ड्रेन पार्कमा ल्याइएको वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जनाएका छन्। धनगढीमा रहेको जहाजलाई चिल्ड्रेन पार्कसम्म ल्याउनमा सहयोग गर्ने वडा तथा नगरवासी, विभिन्न राजनीति दल, समाजसेवी,  आमा समुह, बाल क्लबलगायतका सहयोगीप्रति वडा अध्यक्ष सुवेदीले हार्दिक शुभकामना तथा आभार व्यक्त गरेका छन् ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech