धनगढीमा बालवालिका र युवाहरुकालागि तालिम शुरु

असल शासन प्रतिनिधि

धनगढी/धनगढीमा वालवालिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोग, धनगढी उपमहानगरपालिकाको सहकार्य र बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजनामा क्षमता अभिबृद्धी तालिम सञ्चालन भएको हो ।


पौष २ गते देखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय अध्यक्ष रमेश सीटौलाले तीन दिनसम्म सञ्चालन हुने तालिमले बालबालिका तथा युवाहरुको व्यक्तिव विकास हुने बताए । यस्तै उद्घाटन कार्यक्रममा धनगढी उप–महानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशीले बासले सञ्चालन गर्न लागेको तालिम वालवालिका तथा युवाहरुकालागि महत्वपुर्ण रहेको उताईन । उनले नगरका बालबालिकाहरुलाई क्षमता अभिबृद्धी तालिम दिन पाउदाँ खुशी लागेको भन्दैतालिमको सफलताको शुभकामना ब्यक्त गरिन् । कार्यक्रममा बासमा सुदूरपश्चिम प्रदेश संयोजक लक्ष्मीप्रसाद जैशीले तालिम सफलताको शुभकामना व्यक्त गरे ।


तालिमको उद्घाटनमा बासमा कार्यक्रम संयोजक हेमराज भट्ट कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए । बास कैलालीका सल्लाहकार प्रेम ढुङ्गानाले स्वागत गरेको तालिमको सञ्चालन बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले गरेका थिए ।
बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक धनगढी उपमहानगरपालिका महिला विकास शाखा अधिकृत सोहना जोशी र रमेश सिटौलाले सहजिकरण गरेका छन् । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech