ठाटीकाँधका जनप्रतिनिधि र कर्मचारीहरुका लागि एकदिने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको ठाटीकाँध गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा पौष ४ गते सो तालिम सम्पन्न भएको हो ।

ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंहको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा र बास नेपालका निबर्तमान अध्यक्ष मन भण्डारीले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, योजना तर्जुमा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । इन्जिनियर किशोर बिक्रम शाहीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत मन बहादुर थापाले स्वागत गरेका थिए । तालिमको खुल्ला छलफलमा ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रुपलाल बिक, वडा नम्बर ३ का अध्यक्ष कर्ण बहादुर शाही, सूचना अधिकारी नेम बहादुर खत्री, लेखा शाखा प्रमुख लोकेन्द्र भण्डारी लगायतले बोलेका थिए ।

तालिममा गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिव, बिभिन्न बिद्यालयका प्रअ लगायत ४० बढिको सहभागिता रहेको थियो । तालिमको समापन बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले गरेकी थिइन् ।

 

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech