बालवालिकामा लगानी बढाउनुपर्नेमा जोड

असल शासन प्रतिनिधि

बाजुरा / बालवालिकामा लगानी बढाउनु पर्ने त्रिवेणी नगरपालिका बाजुराका कार्यवाहक प्रमुख राधिका देवि सुनारले बताएकी छिन् ।
युनिसेफ नेपालको सहयोग, बास नेपालको आयोजना र त्रिवेणी नगरपालिकाको सहकार्यमा बाजुराको त्रिवेणीमा पौष ५ गते देखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनारले बालवालिकाको लागि गाउँपालिकाले लगानी गरेको भएपनि त्यो प्रयाप्त नभएको बताईन् । यसैगरी त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह सबै तहमा बालबालिकाको सहभागीता सुनिश्चित हुनुपर्ने बताए । बालवालिकाको सर्वांगिण विकासका लागि गाउँपालिकाको बजेट प्रयाप्त नभएको भन्दै अन्य साझेदारहरुको सहयोग समेत आवश्यक रहेको बताए ।


बाल संरक्षण, लैँगिक हिसां न्यूनीकरण र योजना तर्जुमा प्रक्रिया बिषयक तालिमको पहिलो दिन त्रिवेणी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेखा कटुवालले सहजिकरण गरेकी थिईन् ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको तालिममा त्रिवेणी नगरपालिकाका कार्यवाहक मेयर राधिका देवि सुनार, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी प्रसाद शाह, इलाका प्रहरी कार्यालय तोलिका प्रमुख मनोज बुढा, महिला तथा बालबालिका शाखा प्रमुख रेखा कटुवाल लगायतको उपस्थित रहेको थियो । तालिममा ३० जना बालवालिका तथा युवाहरुको सहभागिता रहेको छ ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech