कम्दिमा निःशुल्क कान स्वास्थ्य शिविर, सय बढिले लिए सेवा

मुना बिष्ट

नेपालगञ्ज/समुदायमा रहेको बहिरोपनालाई निवारण गर्ने उद्धेश्यले डुडुवा गाउँपालिका वडा नं. ५ को कम्दि स्वास्थ्य चौकिमा १ दिने निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ब्रिनोज स्वास्थ्य स्याहार केन्द्र, रोटरी क्लब अफ सेन्टर नेपालगञ्ज र डुुडुवा गाउँपालिकाको संयुक्त आयोजनामा सो सिविर सम्पन्न भएको हो ।

शिविरमा ११३ बढि स्थानीयले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा ६ महिना देखि ९२ वर्ष उमेर समुहका व्यक्तिले कान जाँच गराएका थिए ।

जस मध्ये १२ जनाको कानको शल्यक्रिया गर्नुपर्ने, १८ जानले श्रवण यन्त्रको प्रयोग गर्नु पर्ने र केहिले सामान्य औषधि सेवन गर्नु पर्ने देखिएको छ ।

कानको शल्यक्रिया गर्नु पर्ने बिरामिहरुका लागि लाग्ने शुल्क मध्ये ६० प्रतिशत शुल्क, कान कम सुन्ने बिरामीहरुका लागि कान सुन्ने मेसिन श्रवण यन्त्र खरिद बाफत बिरामीलाई ५० प्रतिशत शुल्क डुडुवा गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

सामान्य औषधि प्रयोग गर्नु पर्ने बिरामिहरुका लागि भने ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रले आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरेको छ ।

शिबिर बिहान १० बजे देखि साझ ४ बजे सम्म सञ्चालन भएको थियो । शिबिरमा कम्दि स्वास्थ्य चौकिका प्रमुख विर बहादुर पुन, ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रक प्रमुख कार्यकारी पुरण थारु, स्वास्थ्यकर्मीहरु दामोदर चौधरी, सिमा चौधरी, तृथराम चौधरी लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिबिर डुडुवा गाउँपालिकाको बनकट्टि स्वास्थ्य चौकिका, वेतहनि स्वास्थ्य चौकिका र हिरमिनिया स्वास्थ्य चौकिकामा क्रमशः ७, ८, ९ गते सञ्चालन हुने ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रका प्रमुख कार्यकारी पुरण थारुले जानकारी दिए ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech